anmol jasita

‘लप्पन छप्पन २’- २४ वर्षपछि ‘हे संगीता’को रिमेक

‘लप्पन छप्पन २’- २४ वर्षपछि ‘हे संगीता’को रिमेक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा निर्माता मुकुन्द भट्ट ‘लप्पन छप्पन २’ का लागि सुपरहिट गीत ‘हे संगीता’को रिमेक गर्ने भएका छन् । कोरोना महामारीका कारण रोकिएको गीतको छायांकन अब चाँडै गरिने निर्देशक भट्टले बताए ।

यो गीतलाई गीतका ओर्जिनल संगीतका शम्भुजित बास्कोटाले नै रिमेक भर्सनको जिम्मेवारी सम्हालेका छन् । शम्भु प्रधानको सुन चाँदी सिनेमामा समावेश गीतमा श्रीकृष्ण श्रेष्ठ र सारङ्गा श्रेष्ठले नृत्य गरेका छन् । २४ वर्षपछि यो गीतलाई रिमेक गरेर ‘लप्पन छप्पन २’ मा प्रमोशन गीतको रुपमा प्रयोग गरिनेछ ।

फागुन १३ रिलिज हुने सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायतको मुख्य भूमिका छ । सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर छन् ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् । सिनेमाको पटकथा तथा संवादमा निर्देशक भट्टलाई सुनिल नेउरेले सघाएका छन् । एक्सन जनरामा निर्मित यस सिनेमाको ट्रेलरदेखि गीतसम्म सार्वजनिक भइसकेको छ ।