‘लाखे’को लागि मुख्य अभिनेत्री खोज्दै निर्देशक सम्राट बस्नेत

‘लाखे’को लागि मुख्य अभिनेत्री खोज्दै निर्देशक सम्राट बस्नेत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा सिनेमा ‘लाखे’ निर्माण हुने भएको छ । मल्टिस्टार सिनेमाको छायांकन पौषबाट सुरु हुनेछ ।

सिनेमाका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । सिनेमाका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट हुने निर्देशक बस्नेतले बताए ।

‘प्रतिभा भएरपनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने ‘अडिसनले सिनेमा क्षेत्रमा नयाँ तथा प्रतिभावान ब्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ सिनेमाको करिव आधादर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको हो ।

निर्देशक बस्नेतका अनुसार सिनेमाका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।

कलाकार छनौटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११ : ३० बाट राखिएको सिनेमाका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । अडिसन सिनेमामा करियर बनाउन चाँहने जो कोहीले दिन सक्नेछन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको सिनेमाको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता हुन् ।

ठुलो बजेटमा निर्माण हुने सिनेमाले नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले सिनेमाको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेते खुलाए ।