मंहगो मुल्यमा बिक्यो ‘प्रकाश’को डिजिटल राइट्स

मंहगो मुल्यमा बिक्यो ‘प्रकाश’को डिजिटल राइट्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको सिनेमा ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि भएको छ । डिएआर मुभिजले सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो ।

सिनेमा ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको छ । हाल सम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्रि भएको निर्माता अधिकारीले बताए ।

सिनेमाको भारतमा हिंन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको जानकारी निर्माताले दिए । सिनेमा भारतका विभिन्न शहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रदीपका अलावा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा रहेको सिनेमामा राजेश श्रेष्ठको छायाँकन र जिवन थापाको सम्पादन रहेको छ । सिनेमामा दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । सिनेमाले गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको छ ।

सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन । छिट्टै सिनेमाको पोस्टर तथा टिजर सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ । सोही अवसरमा सिनेमाको प्रदर्शन मिति समेत घोषणा हुनेछ ।