द सिनेमा टाइम्स, काठमाडौं – फ्राईडे रिलिज अन्तर्गत आजबाट नेपाली सिनेमा ‘ओभरडोज’ रिलिज भएको छ । प्रचार-प्रसार बिना सिधै हलमा रिलिज गरिएको सिनेमाले मल्टिपेलेक्स हलमा न्युन शोज् पाएको छ ।
सुमन पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमा अमेरिकामा बस्ने नेपाली युवाहरुले मिलेर निर्माण गरेका हुन् । सिनेमाको सम्पुर्ण छायांकन अमेरिकामा नैगरिएको हो । सिनेमा राम्रो बनेकाले विस्तारै दर्शकको मन जित्दै जाने विस्वास निर्माया टिमलाई छ ।
सिनेमामा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ । अभिनेता पन्तले सिनेमामा फ्रेण्डसिप र धोकाको कथा पनि देखाईएको बताए । सिनेमामा प्रनिशका अलवा सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ ।
दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको सिनेमाको निर्माता जीवनकुमार केसी हुन् । गुच्ची भाईको छायांकन रहेको सिनेमालाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जिजिए ग्रुपले उपत्यका र एफडि कम्पनीले उपत्यका बाहिर वितरणको जिम्मा लिएका छन् ।
यस्ता आजै शुक्रबारबाट नेपाली हलमा बलिउड सिनेमा ‘तडप’ पनि रिलिज भएको छ । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा आहानको डेव्यु सिनेमाले नेपाली हलमा उच्च शोज् पाएको छ । मिलन लुथरियाको निर्देशनमा निर्माण भएको सिनेमामा तारा सुतारिया र सौरभ शुक्लाको पनि अभिनय रहेको छ ।


प्रतिक्रिया