सर्ट सिनेमा ‘थर्ड आई’को शुभमुहुर्त

सर्ट सिनेमा ‘थर्ड आई’को शुभमुहुर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आशुतोष फिल्मस् प्रोडक्सनको ब्यानरमा सर्ट सिनेमा ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष अधिकारीको निर्देशनमा बन्ने सिनेमाको राजधानीमा शुभमुहुर्त गरिएको छ ।

निर्देशक अधिकारीको अनुसार सिनेमाले विश्वमा रहेका दृष्टिविहीनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहीन हुन नपाउने कथा देखाउनेछ । सिनेमामा दीपक अधिकारीको मुख्य सहायक निर्देशन रहनेछ ।

लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण हुने सिनेमामा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेललगायत कलाकारको अभिनय रहनेछ ।

मंसिर १७ गतेबाट चितवन र पोखरामा छायांकन हुने सिनेमा विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन रहेको छ । भने आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद छ ।