‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – युवाहरुको सहभागीता रहने नेपालकै प्रतिष्ठित र ठुलो सौदर्य प्रतियोगीता ‘मिष्टर नेपाल २०२२’को लागि आवेदन खुल्ला भएको छ ।

एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिताका यस वर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ । नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तीमा १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगीताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागीता जनाउन सक्नेछन् ।

प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हँुदैछ । यो वर्षबाट आयोजकले विभिन्न जिल्लामा आयोजना हुने स्थानिय सौदर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।

‘मिष्टर वल्र्ड’ मा नेपालको सहभागीता अझ दरिलो बनाउन र प्रतियोगीतालाई थप उचाई दिने उद्देश्यका साथ आफूले ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । प्रतियोगीता विगतको भन्दा अझ भव्य बनाउन आफु लागि परेको उनले सुनाए । ‘यो वर्ष मिष्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगीता भन्दा भव्य हुनेछ’ उनले भने ।
प्रतियोगीताको शिर्ष विजेताले ‘मिष्टर वल्र्ड २०२२’ मा सहभागीताको अवसरको अलवा विभिन्न उपहार समेत हात पार्नेछन् ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगीतामा नेपालको आन्तरिकपर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि संचालन हुने आयोजले जनाएको छ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म नेक्स्ट मोडल्स नेपालको आधिकारीक वेभसाइट तथा इसेवाबाट समेत प्राप्त गर्न सकिनेछ ।