बाहिरी ब्यानरको सिनेमा गर्ने तयारीमा सुहाना

बाहिरी ब्यानरको सिनेमा गर्ने तयारीमा सुहाना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुहाना थापा डेब्यू सिनेमा ‘ए मेरो हजुर ३’ बाट सफलता हात पार्न सफल भइन् । उनले डेव्यु सिनेमाबाट दर्शकको मायासँगै समिक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएकी थिइन् ।अमेरिकामा अध्ययन गरिरहेकी सुहाना दोस्रो सिनेमा ‘ए मेरो हजुर ४’ को डबिङ र प्रचार प्रसारको लागि नेपाल फर्किएकी छन् ।

बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग कुरा गर्दै सुहानाले सिनेमाको लागि उत्साहित भएको बताइन् । ‘ए मेरो हजुर ४’ छायांकन गरेको लामो समयपछि रिलिज गर्दा कस्तो हुन्छ भन्ने विषयमा चिन्तित छु’ उनले भनिन् ।

अभिनेत्री सुहाना पहिला आफ्नो होम प्रोडक्सनको बाहेक अन्य सिनेमामा नगर्ने चर्चा थियो । तर, हाल सुहाना बाहिरी प्रोडक्सनको सिनेमा गर्ने तयारीमा रहेको निर्माता सुनिल कुमार थापाले बताए । ‘अहिले उनलाई घर बाहिरको सिनेमा खेल्ने इच्छा छ । स्टोरी मन पर्याे भने गर्छिन् । त्यसपछि आफ्नै होम प्रोक्सनको सिनेमा ‘भागवत् गीता’मा काम गर्छिन्’ निर्देशक थापाले भने । ‘भागवत् गीता’को वैशाख देखि छायांकन गर्ने तयारी निर्माण टिमको छ ।

उनी अभिनित सिनेमा ‘ए मेरो हजुर ४’ चैत्र २५ गतेबाट रिलिज हुँदैछ ।