अदिती र धिरज अभिनित ‘बाबरी’को ३८ औं दिनमा इन्डक्ल्याप

अदिती र धिरज अभिनित ‘बाबरी’को ३८ औं दिनमा इन्डक्ल्याप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरेन्द्र पौडेल निर्देशित सिनेमा ‘बाबरी’को छायंकन सकिएको छ । । सिनेमाको ३८ औं दिनमा सिक्किममा इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको लकडाउनपछि छायांकन सुरु भएको सिनेमाको दोस्रो चरणको लकडाउनले पुन रोकिएको थियो ।

दोस्रो चरणको लकडाउन खुलेसँगै कार्तिकबाट छायांकन सुरु गरिएको थियो । काठमाडौंबाट सुरु भएको छायांकन सिक्किम पुगेर सकिएको छ । सिनेमाको मोरङ्ग, झापा र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो । सिनेमाको कथा स्वयंम निर्देशक पौडेलले नै लेखेका हुन् ।

बाबरी फिल्मको ब्यानरमा निर्माण हुने सिनेमामा पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहनेछ । सुष्मा गुरुङ सिनेमाकी सह-निर्माता हुन् । त्रिकोणात्मक प्रेमकथामा बन्ने सिनेमामा अदिती बुढाथोकी र धिरज मगर, धिरज टोट्लानीको मुख्य भुमिका रहनेछ । नरेन्द्र मैनालीले खिचेको सिनेमाका मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन् ।