राप्रपाको महिला महामन्त्री अभिनेत्री रेखा थापा पराजित

राप्रपाको महिला महामन्त्री अभिनेत्री रेखा थापा पराजित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्री पदमा पराजित भएकी छन् ।

अध्यक्षमा निर्वाचत भएका राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी उनलाई कमल थापा प्यानलकी कुन्ती शाहीले ठूलो मतान्तरसहित हराएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा रेखा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरेकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले २०७३ सालबाट राप्रपाको राजनीति सुरु गरेकी थिइन् । राप्रपा प्रवेश गर्दा कमल थापा नजिक मानिएकी उनी पछि पशुपति सम्शेर राणासँग नजिक देखिएकी थिइन् ।

तर, महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् । चुनावमा हारे पनि राजेन्द्रले उनलाई मनोनित गरेर केन्द्रीय कमिटीमा लैजान सक्ने चर्चा छ ।