‘चपली हाईट ३ मेरो कारणले नभई कन्टेन चल्ने हो’ : स्वस्तिमा

‘चपली हाईट ३ मेरो कारणले नभई कन्टेन चल्ने हो’ : स्वस्तिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २ गतेबाट स्पेन्स थ्रिलर सिनेमा ‘चपली हाईट ३’ प्रदर्शन हुँदैछ । यो सिनेमाले कोरोना महामारीपछि दर्शकलाई हलसम्म तान्न पर्ने चुनौती छ । सिनेमाप्रति कलाकार र निर्माण टिमपनि आशावादी रहेको छ ।

आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्कालाई स्टाडमको भार कतिको परिरहेको छ भन्ने प्रश्नमा उनले आफुलाई स्टारको रुपमा लिएको मन नपर्ने बताइन् । ‘मलाई सेलिब्रेटी भन्ने शब्दले पनि सहज महसुस हुँदैन । मेरो लागि स्टारडम प्राथमिकतामा पर्दैन । यस्तो कुरालाई म टाढा राख्न रुचाउँछु । यो सिनेमामा म स्टार हो भनेर निर्माता निर्देशकले लिनु भएको होइन होला । यो भुमिकालाई स्वस्तिमाले न्याय गर्न सक्छ भन्ने हिसाबले लिनु भएको होला जस्तो लाग्छ । नत्र, कुनै नयाँ कलाकार आउँदैनन् थिए होला, सबैले स्टाडमले सिनेमा चल्छ भनेर स्टारलाई लिनु हुन्थ्यो होला । कुनै सिनेमाकर्मीहरुले नयाँ कलाकारलाई लिनुको कारण राम्रो काम गर्न सक्छ भनेर नै लिने हो’ उनले भनिन् ।

‘कुनै सिनेमाले सफल व्यापार गर्यो भने कलाकारको करियरको लागि पनि टर्निङ पोइन्ट बन्न सक्छ । नेपालमा वर्षमा सयभन्दा बढि सिनेमा बनिरहेको हुन्छ । तर, ३–४ वटा सिनेमाले मात्र राम्रो व्यापार गर्छ । त्यसैले सिनेमाको व्यापारले मलाई एकदमै घाटा हुन्छ या फाइदा हुन्छ जस्तो लाग्दैन । मलै सिनेमामा कस्तो काम गरेको छु, त्यसको मुल्यांकन हुन्छ, जस्तो लाग्छ । चपली हाइट ३ मेरो कारणभन्दा पनि कन्टेन राम्रो भए चल्छ नत्र चल्दैन् । कुनै कलाकारको सिनेमा हिट भयो, मैले त्यसलाई लिनुपर्छ वा उसको सिनेमा फ्लप भयो त्यसैले सिनेमा अफर गर्नु हुँदैन, भन्दा पनि उसले काम राम्रो गरेको छ, त्यहि भएर लिनुपर्छ भन्ने सोच सिनेमाकर्मीहरुमा हुन्छ जस्तो लाग्छ’ उनले भनिन् ।

‘मैले यो सिनेमा आफ्नो तर्फबाट शतप्रतिशत दिएको छु । म एउटा कलाकार भएको हिसाबले कुनै पनि जनरालाई फलो गर्ने भन्ने हुँदैन । मलाई लभस्टोरी सिनेमा दर्शक भएर हेर्दा राम्रो लाग्छ । नेपालको सन्दर्भमा मलाई जसले लभस्टोरी सिनेमा अफर गर्नु हुन्छ, म त्यति उत्साहित हुन्न । यस्तो जनराको सिनेमा गर्छु गर्दिन भन्दा पनि कस्ले कस्तो सिनेमा बनाउनु हुन्छ त्यसमा भर पर्छ ।’

निकेश खड्काले निर्देशन गरेको ‘चपली हाईट’को तेस्रो सिरिजमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ । सिनेमामा अर्जुन कुमारको लगानी छ ।