मुकुन र लक्ष्मी अभिनित ‘बिच्छेद’ छायांकन सकियो

मुकुन र लक्ष्मी अभिनित ‘बिच्छेद’ छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन भुषाल र लक्ष्मी बर्देवाको मुख्य भुमिका रहेको सिनेमा ‘बिच्छेद’को छायांकन सकिएको छ । कोरोना महामारीको चपेटामा परेर रोकिएको सिनेमाको छायांकन करिव दुई वर्षपछि सकिएको हो ।

सिनेमाको छायांकन २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएपनि बीचमा नै लकडाउन भएर रोकिएको थियो । सिनेमालाई सत्यराज चौलागाईले निर्देशन गरेका छन् । यो उनको दोस्रो सिनेमा हो । उनले यसअघि अनुरागबाट निर्देशनमा डेव्यु गरेका थिए ।

मुकुन र लक्ष्मीले यसअघि सिनेमा ‘बुलबुल’मा गरेका थिए । राज पण्डित, सुबास राई र साबि बज्राचार्यको लगानी रहेको सिनेमामा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

संकल्प भुजेल छायाँकार रहेको सिनेमा गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । सिनेमामा एसडि योगी र सुरज थापाको संगीत रहनेछ । सिनेमाको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो ।