बैशाख २३ मा मल्टिस्टारर सिनेमा ‘लक्का जवान’ रिलिज घोषणा

बैशाख २३ मा मल्टिस्टारर सिनेमा ‘लक्का जवान’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण रोकिएको सिनेमा ‘लक्का जवान’ले पनि प्रदर्शन मिति घोषणा गरेको छ । वितरक गोपालकाजी कायस्थका अनुसार सिनेमा आगामी वैशाख २३ मा प्रदर्शन हुनेछ ।

सिनेमाले दुई वर्षअघि चैत २१ मा प्रदर्शन हुने गरी प्रचार प्रसारमा उत्रिएको थियो । तर चैत ११ मा सरकारले नै लकडाउन गरी सिनेमा हलसमेत बन्द गर्ने आदेश दिएपछि सिनेमाको प्रदर्शन रोकिएको थियो ।

हास्य प्रधान सिनेमामा कलाकारको जमघट ठुलो छ । सिनेमामा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । सिनेमाको कथा र पटकथा पनि शिवहरी पौडेलले नै लेखेका हुन् । किरण केसी, शिवहरी पौडेल, दीलिप रायमाझी कार्यकारी निर्माता रहेको सिनेमामा अनुसुया श्रेष्ठ निर्माताको रुपमा रहेकी छन् ।