‘प्रेमगीत ३’ मा राहत फतेह, पलक मुछालदेखि अंकित तिवारीसम्मको स्वर

‘प्रेमगीत ३’ मा राहत फतेह, पलक मुछालदेखि अंकित तिवारीसम्मको स्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन्तोष सेलको लगानीमा निर्माण भएको सिनेमाको हाल मुम्बईमा धमाधम पोष्ट प्रोडक्सनको काम भैरहेको छ ।

सिनेमा निर्माण कम्पनी आसुसेन फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै हिन्दी संस्करणको पोस्ट-प्रोडक्सन करिब अन्तिम चरणमा पुगेको जनाएको छ । हिंन्दी डबमा समेत विश्वभरका सिनेमा घरमा रिलिज हुने सिनेमाको गीतमा बलिउडमा ए लिस्टर गायक गायिकाले स्वर दिएका छन् । हिन्दी संस्करणको सांगीतिक कार्य सकिएको निर्माता सन्तोष सेनले बताएका छन् ।

हाल मुम्बईमा रहेका निर्माता सेनले उपलब्ध गराएको तस्बीरमा राहत फतेह, पलक मुछालदेखि अंकित तिवारीसम्मले गीतमा स्वर दिएको उल्लेख गरिएको छ । रिलिजमा ढिलाइ भएपनि सिनेमाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा भने फाइदा पुगेको उनको विश्वास छ ।

नेपालमा सिनेमा आगामी फागुन १३ गतेबाट महाशिवरात्रीको अवसर पारेर रिलिज गरिनेछ । सिनेमालाई स्वर्गिय छेतेन गुरुङ र निर्माता सेन स्वयंमले निर्देशन गरेका छन् । सिनेमामा प्रदीप र क्रिष्टिनाका अलवा शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ ।

यही सिनेमाबाट मनिष र क्रिष्टिनाले अभिनेता र अभिनेत्रीको रुपमा डेब्यू गर्दैछन् । काठमाडौं र मनाङमा छायांकन गरिएको सिनेलालाई राजेश श्रेष्ठले खिचेका हुन् । सिनेमा २०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले चैत पहिलो हप्ताबाट सिनेमा हल बन्द भएपछि सिनेमाको रिलिज रोकिएको थियो ।