फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को रिलिज मिति घोषणा

फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।सार्वजनिक पोस्टरमा प्रदीपलाई निक्कै भिन्न अवतारमा देख्न सकिन्छ ।

यसअघिका सिनेमामा लभरव्वाय भूमिकामा देखिदै आएका प्रदीपले यसपटक चुनौती मोलेरै नयाँ पात्रको रुपमा आफुलाई ढालेका छन् । उनको गाउँले लूक्सले दर्शकको ध्यान केन्द्रित गर्न सक्छ । उनले विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको भूमिका निर्वाह गरेका छन् । सरकारी शिक्षक बन्ने संघर्ष नै सिनेमाको मख्य कथा हो ।

पोस्टरमा प्रदीपसँगै दीया मास्केपनि फिचर्ड छिन । उनिपनि गाउँले महिलाको भूमिकामा छिन । सिनेमामा प्रदीप र दीयाका अलवा रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन् ।

सिनेमाको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको सिनेमालाई जीवन थापाले सम्पादन गरेका छन् ।

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । सिनेमालाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् ।