फ्राईडे रिलिज : हलमा गौरव र निताको ‘आकाशे खेती’

फ्राईडे रिलिज : हलमा गौरव र निताको ‘आकाशे खेती’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उदय सुब्बा निर्देशित सिनेमा ‘आकाशे खेती’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । कमजोर प्रचार-प्रसारका बीच रिलिज भएको सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शो पाएको छ । सिनेमाले दक्षिय भारतीय सिनेमा ‘राधे श्याम र ईटी’सँग बक्सअफिसमा प्रतिस्प्रर्धा गर्नेछ । जसको प्रत्यक्ष असर ‘आकाशे खेती’लाई परेको छ ।

सिनेमामा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘आकाशे खेती’ एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषय कथा बनाएको सिनेमामा नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा र शिशिर वाङ्देलको पनि अभिनय हेर्न सकिन्छ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको सिनेमाको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् । निर्माता तथा कलाकार विल्सन बिक्रम राईले निर्देशक सुब्बासँग मिलेर पटकथा तथा सम्बाद लेखेको सिनेमामा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।

यस्तै, आज शुक्रबारबाट बलिउडको प्रतिक्षित सिनेमा ‘राधे श्याम’ पनि प्रदर्शनमा आएको छ । प्रभाष र पुजा हेग्डेको मुख्य भुमिका रहेको सिनेमालाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् । सिनेमालाई नेपाली मल्टिप्लेक्स हलमा उच्च शो मिलेको छ । सिनेमाले बक्सअफिसमा उछाल ल्याउने विश्वास बलिउड सिनेमाकर्मीलाई छ ।