‘सम्हालिन्छ कहिले मन’ सबै दर्शकका लागि योग्य

‘सम्हालिन्छ कहिले मन’ सबै दर्शकका लागि योग्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई सबै खाले दर्शकले हेर्न पाउने भएका छन् ।

भदौ १७ देखि प्रदर्शनमा आउने सिनेमालाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । सिनेमाले ‘यु’ सर्टिफिकेट पाएपछि निर्देशक सुदर्शन थापाले खुसि व्यक्त गरेका छन् ।

‘सिनेमा स-परिवार मिलेर हेर्न मिल्ने खालको छ । बच्चादेखि बृद्धहरुले पनि सहज रुपमा सिनेमा बुझ्न सक्छन । यो एउटा मनोरंजनको प्याकेज हो ।’ निर्देशक थापाले भने ।

सिनेमाको ९० प्रतिशत छायांकन युकेमा भएको हो । पूजा, आकाश र सोनमका अलवामा सिनेमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ ।

संजय लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।