सेन्सर बोर्डबाट ‘झिँगेदाउ’लाई युनिभर्सल सर्टिफिकेट

सेन्सर बोर्डबाट ‘झिँगेदाउ’लाई युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ । अब सिनेमा सवै बर्गका दर्शकले सजिलै सिनेमा हेर्न पाउने छन् । सिनेमामा अभिनेत्री केककी अधिकारी र आँचल शर्माले जेठानी-देउरानीको भुमिका निवार्ह गरेका छन् ।

आगामी शुक्रबार बाट प्रदर्शनको तयारीमा रहेको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको ‘झिँगेदाउ’ भिमनिधि तिवारीद्वारा लिखित कृतिमाथि बनेको सिनेमा हो । सिनेमाको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । बिष्णु कल्पितको छायांकन रहेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको निर्देशक देउजा बताउँछन् । सिनेमामा समावेश ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीत यतिबेला चर्चाको शिखरमा छ ।