‘सम्हालिन्छ कहिले मन’ मेरो जीवनसंग नजिक छ – पूजा शर्मा

‘सम्हालिन्छ कहिले मन’ मेरो जीवनसंग नजिक छ – पूजा शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पूजा शर्माले ‘सम्हालिन्छ कहिले मन’को कथा कहिँ कतै आफ्नो जीवनसंग मेल खाने बताएकी छन् । भदौ १७ मा रिलिज हुन् लागेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’को प्रचारका क्रममा आफु कथा नजिक रहेको बताएकी हुन् ।

‘हामीले भोगेकै कुरा सिनेमामा देखाउने हो । अरुले गर्ने र आफुलाई गर्ने प्रेमबीचको भिन्नता सिनेमामा देख्न सक्छौँ । कहिँ कतै सिनेमाको कथा मेरो प्रेम जीवनसंगपनि मिल्न जान्छ । जीवनमा कसैले साथ् छोड्छ भने त्यो पिडाबाट बाहिर निस्केर जिउनु पर्ने हुन्छ । सबै चिज पाउनु पर्छ भन्ने मात्र माया होइन । गुमाउनुपनि माया हो । सिनेमाको थिम नै यहि हो ।’ पूजाले भनिन् ।

पूजा आफुले सिनेमाको कथा भन्दापनि निर्देशक सुदर्शन थापालाई विश्वास गर्ने बताउछिन । ‘सुदर्शन थापालाई आँखा चिम्लेरै विश्वास गर्छु । उहाँले सिनेमा राम्रो बनाउने भएकाले कथा र सुदर्शनको बीचमा सुदर्शन नै छनोट गर्छु ।’ पूजाले सुदर्शनप्रतिको विश्वास व्यक्त गरिन ।

सुदर्शन थापा निर्देशित सिनेमामा पूजासंगै आकाश श्रेष्ठ र सोनम तोप्देनको केन्द्रिय भूमिका छ । पूजाले सिनेमा स्टारले मात्र चल्ने कुरामा विश्वास नरहेको बताउछिन ।

‘स्टारले सिनेमा चल्छ भन्ने भ्रममा रहेछौँ हामि । पहिलो कुरा त हामीले फ्याल्ने प्रचारका सामाग्रीले दर्शकको ध्यान केन्द्रित गर्छ । त्यसपछि मात्र स्टारको कुरा आउछ । होला स्टारले कन्टेन्टलाई धेरै दर्शकसामु बुष्ट गर्न सक्ला । तर सिनेमा चल्नलाई कन्टेन्ट कै आवश्यकता पर्छ । म आफैपनि स्टार भएर चलेकी होइन । सुदर्शन जीले बनाउने कन्टेन्टका कारण म सफल भएकी हुँ ।’ पूजाले भनिन् ।

सिनेमाको ९० प्रतिशत छायांकन युकेमा भएको हो । पूजा, आकाश र सोनमका अलवामा सिनेमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । संजय लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।