क्यूएफएक्स र खल्तीबीच संझौता, पहिलो टिकट पूजाले काटिन्

क्यूएफएक्स र खल्तीबीच संझौता, पहिलो टिकट पूजाले काटिन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डिजिटल एप खल्ती र नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सबीच बुधवार सम्झौता भएको छ । ललितपुरको लबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्सका प्रतिनिधीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब दर्शकले क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सकिनेछ । यसका लागि ५० सेकेन्ड भन्दा बढी समय नलाग्ने खल्तीका प्रतिनिधिले बताए । नेपाली सिनेमाको प्रमोशन र नेपाली सिनेमाको टिकट काट्न दर्शकलाई सहज होस् भन्ने उद्देश्यले खल्ती एप अगाडि बढेको बताइएको छ ।

खल्तीका सिइओ बिनय खड्काले नेपाली सिनेमाप्रति दर्शकको चासो बढोस् र टिकट काट्न पनि सहज होस् भनेर आफूहरुले सहकार्य गर्दै आएको बताए । उनले, आगामी दिनमा खल्तीले नेपाली सिनेमाको प्रमोशनका लागि नयाँ सोच बनाउने समेत बताएका थिए ।

यसैबीच खल्ती एपबाट अभिनेत्री पूजा शर्माले आफू अभिनित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को पहिलो टिकट बुक गरेकी छिन् । कार्यक्रममा पूजाले खल्तीबाट कसरी सहजै ५० सेकेन्डमा सिनेमाको टिकट काट्न सकिन्छ भनेर जानकारी समेत दिएकी थिइन् ।

उनले भनिन्- ‘नेपाली सिनेमा हेर्नका लागि बुकिङ गर्नुपर्ने, लामो लाइन बस्नुपर्ने, हतार हतार हल पुग्नु पर्ने झन्झटबाट अब दर्शकहरु मुक्त हुनु भएको छ । खल्तीले नेपाली सिनेमाको प्रमोशनका लागि देखाएको चासोले खुशी बनाएको छ । साथै, क्यूएफएक्सले सधैँ नै नेपाली सिनेमालाई माया गर्दै आएको छ ।’

पूजा शर्मा अभिनित सिनेमा ‘सम्हालिन्छ कहिले मन’ यही शुक्रबारदेखि रिलिज हुँदैछ । यो सिनेमालाई क्यूएफएक्सले देशभरका हलमा २४ शो उपलब्ध गराएको छ । अभिनेत्री शर्माले खल्तीबाट सहजै रुपमा सिनेमाको टिकट काट्न दर्शकलाई आग्रह समेत गरेकी छन् ।