बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को ट्रेलर रिलिज

बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष कै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को ट्रेलर रिलिज भएको छ । करिब २ मिनेट लामो ट्रेलरले मुख्य पात्र प्रेम र गीतको गाथा गाउँछ ।

प्रेमलाई खजक राज्य र प्रेमिकाको रक्षा गर्नुछ । तर, एउटा मात्र चिज प्राप्त गर्ने उसको योगमा लेखिएको छ । यी दुई तत्वबीचको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।

निर्माण पक्षले नेपालीसंगै हिन्दि भर्सनको पनि ट्रेलर रिलिज गरेको छ । यो सिनेमा असोज ७ देखि नेपालसहित विश्वव्यापी रिलिज हुँदैछ । नेपालपछि सिनेमाले भारतीय बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

नेपाली ट्रेलर:-

 

हिन्दि ट्रेलर:-