‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’को बुकिङ खुल्यो

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’को बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भोलि शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने दुई सिनेमा ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’को अग्रिम बुकिङ खुल्ला भएको छ ।

देशका अधिकांस मल्टिप्लेक्सले सिनेमाको बुकिङ खुल्ला गरेका छन् । दुवै सिनेमाको शो संख्या लगभग समान छ ।

देश कै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले दुवै सिनेमालाई समान २४/२४ शो दिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’लाई वान सिनेमाजले ६, बिएसआरले ३, किर्तिपुर सिनेप्लेक्सले १, एफक्युब/क्युज/सिडिसी/रन्जनाले २/२ र आइएनआइ सिनेमाज/बिग मुभिजले समान ४/४ शो निर्धारण गरेका छन् ।

यस्तै सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’लाई वान सिनेमाजले ७, किर्तिपुर सिनेप्लेक्सले १, बिग सिनेमाज/आइएनआइ सिनेमा/एफक्युबले ४/४, बिएसआर/सिडिसीले ३/३ र क्युज सिनेमाज/रन्जना सिनेप्लेक्सले २/२ शो उपलब्ध गराएका छन् ।

दाजु-भाई र देउरानी-जेठानीको घर झगडाको कथा भन्ने ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, गम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको अभिनय छ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाले बुधबार सम्पन्न प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको थियो । सिनेमामा प्रदीप भारद्वाजको लेखन छ ।

त्रिकोणात्मक प्रेमकथा भन्ने ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय छ ।

निर्माण पक्षले शुक्रबार सिनेमाको स्पेशल शो आयोजना गर्दैछ । निर्देशक थापाले यो सिनेमालाई अहिलेसम्म कै उत्कृष्ट मेकिङ भन्दै आइरहेका छन् । सिनेमाले पूर्णत मनोरंजन प्रदान गर्ने निर्देशक थापाले बताएका छन् ।

बुकिङ खुल्ला भएसंगै केहि शोज हाउसफुल भएका छन् । सिनेमाको बुकिङ ट्रेन्ड राम्रो देखिएको छ ।