निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध, महासचिवमा सुनिलकुमार थापा

निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध, महासचिवमा सुनिलकुमार थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पदमा नवल खड्का निर्विरोध चयन भएका छन् ।

नेपाली चलचित्र निर्माताहरुको छाता संगठनको रुपमा रहेको संघको उम्मेदवारी दर्ता प्रक्रियाको समयसिमा बुधबारसम्म तोकिएको थियो । निर्धारित समयसम्म प्रतिद्वन्द्वी उम्मेदवारी नपरेपछि नवल निर्विरोध चयन भएका हुन् ।

केहि दिन अगाडी नवलले कार्य योजनासहित अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।

यस्तै संघको महासचिवमा सुनिलकुमार थापा निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनालको चयन भएका छन् ।

सचिवमा किसान पोखरेल चयन हुँदा कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध बने ।

सदस्य तर्फ माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध चयन भए ।

शनिबार आयोजना हुने संघको १६ औँ वार्षिक साधारणसभामा नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ । शनिबारै नयाँ कार्यसमितिले सपथग्रहण गर्नेछन् ।