‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक

‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक ४ मा रिलिज हुने सिनेमा ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएका छन् ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमाको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् । एक पोस्टरमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई-कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाश तिर हेरेका छन् ।

तेस्रो पोस्टरमा वर्षालाई खुसि बनाउन विपिनले लालपुर्जा देखाइरहेको दृश्य छ । पृष्ठभुमिमा सुरक्षा र रविन्द्र हर्षित मुद्रामा देखिएका छन् ।

महेश दवाडीको पटकथा/संवाद रहेको सिनेमामा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल/कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।