‘झिँगेदाउ’को भव्य प्रिमियर – फोटो फिचर

‘झिँगेदाउ’को भव्य प्रिमियर – फोटो फिचर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘झिँगेदाउ’को प्रिमियर सम्पन्न भएको छ ।

बुधबार राजधानीको बिग मुभिजमा आयोजित प्रिमियरमा सेलेब्रेटी, सिनेकर्मी र पत्रकारहरु खचाखच रहे ।

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमाले प्रिमियरपछि उत्कृष्ट प्रतिक्रिया बटुल्यो । प्रायले सिनेमाको कथाबस्तु, प्रस्तुति, कलाकारको अभिनय र निर्देशकीय पक्षको तारिफ गरे ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमाले दाजु-भाई र देउरानी-जेठानीको झमेलाको कथा भन्छ ।

प्रदीप भारद्वाजले लेखेको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको अभिनय छ ।

प्रिमियरमा द सिनेमा टाइम्स फोटोपत्रकार ज्ञानु राईले खिचेका केहि तस्विरहरु

योपनि पढ्नुहोस्:-

प्रिमियरमा ‘झिँगेदाउ’ले पायो उत्कृष्ट मौलिक सिनेमाको ट्याग (कसले के भने)