प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त ‘ऐना झ्यालको पुतली’लाई कसले के भने ?

प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त ‘ऐना झ्यालको पुतली’लाई कसले के भने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुजित बिडारी लिखित/निर्देशित सिनेमा ‘ऐना झ्यालको पुतली’ले सोमबार सम्पन्न प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ ।

राजधानीको सिभिलमा आयोजित प्रिमियरमा दुई ओटा हल सेलेब्रेटी, सिनेकर्मी र पत्रकारले भरिभराउ थिए ।

प्रिमियरपछि सिनेमाले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्यो । आगन्तुक सबैले सिनेमाको प्रस्तुति, विषयबस्तु, निर्देशकीय पक्ष र कलाकारहरुको अभिनयको खुलेर तारिफ गरे ।

यसअघि विदेशका थुप्रै फिल्म फेस्टिभलमा सहभागिता जनाएर केहि अवार्डपनि जितेको सिनेमाले दिदि र भाईको सम्बन्धको कथा भन्छ ।

सिनेमामा कन्चन चिमरिया, दिनेश खत्री, सिरु बिष्ट, अशोक सिवाकोटी, बिशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, राज थापा, पदमप्रसाद पौडेललगायतका कलाकारहरुको अभिनय छ । सिनेमाका अधिकांस कलाकार नन-एक्टर हुन् ।

अमर महर्जनको छायांकन रहेको सिनेमामा संगम पन्तको संगीत र किरण श्रेष्ठको सम्पादन छ ।

प्रविण स्याङ्बो, आकाश पौडेल, सुजित बिडारी र रामकृष्ण पोखरेलले निर्माण गरेको सिनेमामा सुशान्त श्रेष्ठको सहनिर्माण छ ।

प्रिमियरपछि सिनेमाको बारेमा कसले के भने ?

मुकुन भुषाल

मलाई बालापनमा पुर्यायो सिनेमाले । जतिपनि सिनेमामा देखिएका दृश्य छन् । मेरो मेमोरीमा भएका कुरा रिकल गरिदिनु भयो । मेरो उमेर समुहका जो कोहिलाई सिनेमाले बाल्यकालमा पुर्याउछ ।

आनी छोइङ डोल्मा

हाम्रो समाजमा एउटी महिलाले जीवनमा कति कुरामा सम्झौता गर्नु पर्छ ? इछ्या, चाहना हुँदा हुँदैपनि परिवार, परिस्थिति, आर्थिक कमजोरी र गलत परम्पराले गर्दा खेरि हरेक कुरामा सम्झौता गर्नु पर्छ । नेपाली समाजमा महिलालाई अहिलेपनि सजिलो छैन भन्ने कुरा प्रष्ट पारेको छ ।

दीपकराज गिरी

सिनेमाले सबैलाई आफ्नो बाल्यकालमा पुर्याउछ । हाम्रो पुस्ताले भोगेको कुरा यसमा जस्ताको त्यस्तै देख्न पाइन्छ । हरेक दिदि-भाईले रिलेट गर्न सक्नु हुन्छ । सानो कथामा रियल प्रस्तुति छ । मनले बनाएको सिनेमा ।

दीपाश्री निरौला

मुख्य महिला पात्रमा आफुलाई पाएँ । आफैलाई ठुली भैसकेछु भन्ने लाग्यो । निर्देशक सुजित जीले एकदमै राम्रो काम गर्नु भएको छ । कलाकारहरुको काम उम्दा पाएँ ।

निर्मल शर्मा

सिनेमा एकदमै राम्रो लाग्यो । मन छोयो । कलाकार, निर्देशक सम्पूर्ण टिमको काम राम्रो लाग्यो । सफलताको शुभकामना ।

प्रकाश सपुत

मैले मेरो बाल्यकाल रिलेट गरेँ । यो सिनेमा जस्तै रह्यो मेरो बाल्यकाल । म त नोस्टाल्जिक भएँ । मेरो स्वभाव दिदिसंग र परिवेश भाईसंग मिल्यो । एकदमै मज्जा आयो ।

केकी अधिकारी

मपनि बाल्यकाल पुगेँ । प्राय: दिदि-भाईको सम्बन्ध यस्तै हुन्छ जस्तो लाग्छ । सामान्य कथामा मिठो प्रस्तुति दिनु भएको छ । मपनि कविता लेख्थ्ये । मूनामा कविता छापिन्थ्यो । त्यो बाल्यकालको सबै चिजहरु याद आइरहेको छ । मलाई असाध्यै मन पर्यो सिनेमा । सबैलाई हेरिदिनु हुन् आग्रह गर्छु ।

दिव्य देव

एकदमै नोस्टाल्जिक बनायो । नेपालमा बनेका उत्कृष्ट १०-१५ सिनेमाको सुचीमा यसलाई पनि समावेश गर्न चाहन्छु । केहि समय अगाडीको बाल साइकोलोजीमा आधारित ‘तारे जमिनपर’ हेरेको थिएँ । धेरै समय पछाडी त्यहि सिनेमाको लेभलमा यो सिनेमा पाएँ । इमान्दार र सुन्दर ढंगबाट क्राफ्ट गरिएको छ । यो सिनेमा चलेन भने के चल्ने त ? सबैले हेर्नै पर्ने सिनेमा ।

सिसन बानियाँ

यतिको सिनेमा कहिले हेर्न पाइएला भन्ने लाग्या थ्यो । आज यो सिनेमा हेर्न पाएर भाग्यमानि महशुस गरेको छु । सामान्य कथामा राम्रो प्रस्तुति दिनु भएको छ । यो सिनेमा हेर्न छुटाउनु भयो भने केहि गुम्नेछ । यतिको सिनेमा बनाउन सके त जीवन नै पुरा हुने थियो ।