दर्शकको मन जित्दै ‘सम्हालिन्छ कहिले मन’

दर्शकको मन जित्दै ‘सम्हालिन्छ कहिले मन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गएको शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ले पाँचौं दिनसम्म आइपुग्दा दर्शकको कमि झेल्नु परेको छैन ।

वीकडेजमा सिनेमाको व्यापार घट्ने भएतापनि ‘सम्हालिन्छ कहिले मन’को व्यापारमा त्यति धेरै ड्रप नभएको निर्माण पक्षले बताएको छ ।

केहि हलमा त पाँचौं दिनमा पनि शोज हाउसफुल नजिक पुगेका छन् । विशेष गरि राजधानीको एफक्युब हलमा सिनेमाको अकुपेन्सी प्रत्येक दिन ५० देखि ८० प्रतिशतको हारहारीमा देखिएको छ । एफक्यूबका हरेक शोमा उल्लेखनीय दर्शक बटुलेको हलका म्यानेजरले बताएका छन् ।

अभिनेत्री पूजा शर्माले फिल्म हेरेर दर्शक माया दिइरहेको भन्दै खुशी व्यक्त गरिन् । उनले हलमा कलाकार पुगेर हल्ला गरे मात्र चलेको भन्ने भ्रम फैलाउन नहुने तर्क गरिन् । उनले भनिन्–‘दर्शकले फिल्म चलेको दिनदेखि नै माया दिइरहनुभएको छ । तर, हलमा पुगेर भीड देखाउँदा मात्र चलेको भन्ने सोचले केही समस्या निम्त्याएको हो ।’

सुदर्शन थापा निर्देशित सिनेमाको प्रस्तुति, संगीत र क्लाइमेक्स दर्शकले अत्याधिक रुचाएका छन् । सिनेमा हेरेका अधिकांस दर्शकले यस्तै किसिमको प्रतिक्रिया दिइरहेका छन् ।

त्रिकोणात्मक प्रेमकथा भन्ने सिनेमामा पूजासंगै आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमाको ९० प्रतिशत छायांकन युकेमा भएको हो । सौरभ लामाले खिचेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।