सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय, माग पुरा नभए हड्ताल गर्ने

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय, माग पुरा नभए हड्ताल गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो ।

संघले प्रदर्शकहरुलाई चौतर्फी आक्रमण भएको र व्यवसाय नै संकटमा परेको भन्दै दबाव स्वरुप सोमबार हल बन्द गर्ने निर्णय गरेको हो ।

संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले भने–‘हामीलाई शो खुलाउन कुनै गाह्रो कुरा नै होइन । तर, प्रदर्शकहरुलाई हिन्दी सिनेमाको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण आजदेखि नै हल बन्द गर्ने कि भन्ने बिषयमा हामी छलफलमा थियौं । तर, सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेका छौं । त्यसपछि, पनि मागको सुनुवाई भएन भने लामो हड्तालमा जान्छौं ।’

संघले हड्तालको विषयमा छलफल चल्दै गरेकाले नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’को शोज खोल्न नसकिएको बताएको छ ।