शुक्रबारबाट हलमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज

शुक्रबारबाट हलमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नयाँ नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन आएका छन् । दुवै सिनेमा फरक विषयवस्तु र फरक शैलीमा निर्माण भएका छन् ।

यी दुई नेपाली सिनेमालाई मल्टीप्लेक्समा बलिउड सिनेमा ‘ब्रहास्त्र’ र गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘झिँगेदाउ’ ठूलो चुनौती बनेर उभिएका छन् । यी सिनेमाका कारण आज रिलिज भएका नेपाली सिनेमा मल्टीप्लेक्सहरुमा न्यून शोमा खुम्चिएका छन् । त्यसमाथि बलिउड सिनेमा ‘ब्रहास्त्र’को बुकिङ हेर्दा केही दिन हलमा यो सिनेमाले आफ्नो दबदबा कायम गर्ने देखिन्छ । यो अवस्थामा दुई नेपाली सिनेमालाई हलमा दर्शकक भर्न ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ ।

विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा अवार्ड समेत जितेको ‘ऐना झ्यालको पुतली’लाई सुजित बिडारीले निर्देशन गरेका हुन् । केही दिनअघि भएको प्रिमियरमा प्रशंसा बटुलेको सिनेमामा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीको अभिनय छ । सिनेमाका निर्माता आकाश पौडेल, प्रविन स्याङ्बो, सुशान्त श्रेष्ठ, रामकृष्ण पोखरेल र निर्देशक सुजित बिडारी हुन् ।

त्यस्तै, गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने राइफलम्यान कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण भएको ‘गोर्खा : बिनिथ द ब्रेभरी’लाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । समिर गुरुङ, गौमाया गुरुङ, ओली बस्सी, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको सिनेमामा अभिनय छ ।

सिनेमाको कथा प्रदीप स्वयंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा विनोद सुवेदी खत्री कार्यकारी निर्माता र मधु गुरुङरप्रयास गुरुङ निर्माता रहेको सिनेमामा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुलारीको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।