सलोन, कुशल र शिल्पा अभिनित ‘मीलन’को टिजर रिलिज

सलोन, कुशल र शिल्पा अभिनित ‘मीलन’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टेक पौरखी राईले निर्देशन गरेको सिनेमा ‘मीलन’को टिजर सार्वजनिक गरिएको छ ।

१ मिनेट २८ सेकेण्ड लामो टिजरमा मुख्य कलाकार सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । कुशल र शिल्पाको यो डेब्यु सिनेमा हो ।

टिजरमा तीन कलाकारहरुको प्रेम र विछोड देखाइएको छ ।

निर्देशक राईको कथामा निर्मित सिनेमामा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतका कलाकारको पनि अभिनय छ ।

कार्तिक १८ देखि प्रदर्शनमा आउने सिनेमामा राजु सेन्चुरीको संगीत, कुमार महर्जनको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, राहुल राईको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।

कालिञ्चोक र काठमाडौंमा छायांकन गरिएको यस सिनेमालाई प्रविण थापाले निर्माण गरेका हुन् ।