नेपाल-अंग्रेज युद्धमा आधारित ‘नालापानी’को शिर्ष गीत रिलिज

नेपाल-अंग्रेज युद्धमा आधारित ‘नालापानी’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘नालापानी’को शिर्ष गीत ओएसटी सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा नालापानी युद्धको दृश्यहरु समावेश गरिएको छ । रिमेश अधिकारी निर्देशित सिनेमाले नालापानीमा भएको नेपाल-अंग्रेज युद्धको कथा पेश गर्छ ।

गीतमा सुजिल कर्माचार्यको स्वर र संगीत छ ।

उक्त युद्धमा बलभद्र कुँवरले नेपाली फौजको नेतृत्व गर्दै अंग्रेजमाथि विजय प्राप्त गरेका थिए । यो सिनेमा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ ।

रिमेश अधिकारी र कृष्ण आचार्यको स्क्रिप्ट रहेको सिनेमामा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य, जनक बटुअला, सुशील खड्का, हिक्मत थपलिया, गीता अधिकारी, देव गुरुङ, गीत बिष्टलगायतका कलाकारहरुको अभिनय छ ।

रामशरण उप्रेतीको छायांकन रहेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, अच्यूत गजुरेलको भिएफएक्स र विपिन मल्लको सम्पादन छ ।

कार्तिक ४ देखि प्रदर्शनमा आउने सिनेमामा मनोज शाक्यको लगानी छ । घनेन्द्र थपलिया कार्यकारी निर्माता रहेको सिनेमामा गणेश कार्कीको सहलगानी छ ।