राहत फतेह अलिको स्वरमा ‘प्रेमगीत ३’को नयाँ गीत रिलिज

राहत फतेह अलिको स्वरमा ‘प्रेमगीत ३’को नयाँ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का स्टारर सिनेमा ‘प्रेमगीत ३’को नयाँ हिन्दि गीत सार्वजनिक गरिएको छ ।

‘जहाँ भी जाओ आइ सनम बस तु हि तु’ बोलको गीतमा राहत फतेह अलि खानले आवाज दिएका छन् । हरि शंकर सुफीको शब्द रहेको गीतमा डिएच हार्मोनीको संगीत छ ।

सार्वजनिक गीतमा शिर्ष कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड छन् । गीतमा मुख्य पात्रबीचको प्रेम र रोमान्स देख्न सकिन्छ ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा बनेको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ ।

पिरियड प्रेमकथामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमाको नेपाली भर्सनमा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।