बक्सअफिसमा ‘झिँगेदाउ’को रफ्तार कायमै, दोस्रो शनिबारपनि हाउसफुल

बक्सअफिसमा ‘झिँगेदाउ’को रफ्तार कायमै, दोस्रो शनिबारपनि हाउसफुल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’ले दोस्रो शनिबारपनि हाउसफुलको व्यापार गरेको छ ।

केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको सिनेमाले प्रदर्शनको ९औं दिनसम्मपनि दर्शक कमि महशुस गर्नु परेको छैन ।

शनिबार प्राप्त शोज हाउसफुल भएपछि केहि हलले अतिरिक्त शो थपेका छन् । बलिउडको ‘ब्रमास्त्र’को अगाडी ‘झिँगेदाउ’ले आफ्नो मान राखिरहेको छ । सिनेमाले पहिलो साताको रफ्तारलाई दोस्रो सातामा पनि निरन्तरता दिइरहेको छ ।

यो ‘कबड्डी ४’पछि सर्वाधिक चलेको सिनेमा हो । साथै ‘कबड्डी ४’पछि दोस्रो सातामा पनि हाउसफुलको व्यापार गर्ने यो नै पहिलो नेपाली सिनेमा हो ।

सिनेमाले पहिलो साता नै लगानी रिकभर गरिसकेकाले दोस्रो साताको व्यापार नाफाको हुनेछ । बलियो ‘वर्ड अफ माउथ’ले ‘झिँगेदाउ’ लामो रेसमा उत्रिएको छ । प्राय: सिनेमा पहिलो विकेन्ड मै हलबाट उत्रिरहेको समयमा ‘झिँगेदाउ’को व्यापारले नेपाली सिनेमा क्षेत्रलाई राहत दिएको छ ।

पारिवारिक घर झमेलाको कथा भन्ने सिनेमालाई दर्शकले उत्कृष्ट भनिरहेका छन् ।

प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।