समुन्द्र भट्टको निर्देशनमा ‘गुलाबी’को कास्कीमा शुभ साइत

समुन्द्र भट्टको निर्देशनमा ‘गुलाबी’को कास्कीमा शुभ साइत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – समुन्द्र भट्टको निर्देशनमा निर्माण हुने सिनेमा ‘गुलाबी’को कास्कीमा शुभ साइत गरिएको छ । शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर-भयर मन्दिरमा सिनेमाको शुभ साइत गरिएको हो । क्यामेरा र स्कृप्ट पूजा कार्यक्रममा निर्माण टिम र उपलब्ध कलाकारको उपस्थिति थियो ।

सिनेमाका मुख्य अभिनेता नाजिर हुसेन हुन् । यसैसाता नाजिरले सेट ज्वाइन गर्ने र सिनेमाको औपचारिक छायांकन सुरु हुने निर्देशक भट्टले बताइन् । सिनेमालाई धम्पुस, पोखरा र काठमाडौंमा छायांकन गरिनेछ । भदौ अन्तिम साताबाट फ्लोरमा जाने पुर्वनिर्धारित तालिका अनुसार निर्माण टिम छायांकनको लागि निस्केको हो । दशैं अगावै छायांकन सक्ने निर्माण टिमको लक्ष्य छ ।

सिनेमामा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुईंटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’को पनि अभिनय रहनेछ । यसअघि निर्माण टिमले नाजिरको मात्रै नाम सार्वजनिक गरेको थियो । निर्देशक भट्टकै कथामा बन्न लागेको सिनेमाले पारलैङ्गिकताको कथा बोल्नेछ । सिनेमाको पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनले मिलेर लेखेका हुन् ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस्को सहकार्यमा निर्माण हुने ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गर्दैछन् । भद्र भुजेल एसोसिएट निर्देशक रहने सिनेमामा पुष्कर लामाको निर्माण नियन्त्रण रहनेछन् भने निर्माण व्यवस्थापकमा यम वली छन् ।

क्यानडाको टोरन्टो सिनेमा स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको सिनेमा निर्देशन गरेकी थिइन् । केहि वर्षको अन्तरपछि भट्ट पुनः सिनेमा निर्देशनमा फर्किएकी हुन् ।