‘प्रेमगीत ३’ हिन्दीमा पनि नेपालमा असोज ७ गते नै रिलिज हुने

‘प्रेमगीत ३’ हिन्दीमा पनि नेपालमा असोज ७ गते नै रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यसबर्षको बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ नेपालमा हिन्दी र नेपालीमा एकै मिति असोज ७ गतेबाट रिलिज हुने भएको छ । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् ।

नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको निर्माता सेनले बताए । ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले लेखेका छन्, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनु भएको मायालाई ख्यालमा राखेका छौं ।’

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । पिरियड प्रेमकथामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।

सिनेमाको नेपाली भर्सनमा कल्याण सिंहरएलिश कार्कीको संगीत, राजेश श्रेष्ठरपुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन छ ।

आशुषेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द र डम्बर विक्रम सेनको कार्यकारी निर्माण तथा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माण छ ।