‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक

‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरले दुई कथा भन्छन् ।

एकमा कलाकारहरु आ-आफ्नो चरित्रमा छन् र अर्कोमा विपिन र वर्षालाई अनस्क्रिन कपलको रुपमा प्रस्तुत गरिएको छ । सहरमा डेरा गरी बस्नेको संघर्ष र असमानताको कथा पेश गर्ने सिनेमालाई सोसल ड्रामा जनरामा राखिएको छ ।

महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।

कार्तिक ४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सिंगे लामाको कथा छ । दिर्घ गुरुङको छायांकन रहेको सिनेमामा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत तथा दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।