नेपाली सिनेमा बोर्डको पहिलो प्राथमिकतामा रहन्छ : भुवन केसी

नेपाली सिनेमा बोर्डको पहिलो प्राथमिकतामा रहन्छ : भुवन केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता भुवन केसी अहिले नेपाली सिनेमाको सर्वोच्च संस्था चलचित्र विकाश बोर्डको अध्यक्षको जिम्मेवारी निवार्ह गरिरहेका छन् । बोर्ड अध्यक्ष भएसँगै नेपाली सिनेमा क्षेत्रले उनीबाट निकै ठुलो आश राखेको छ ।

बोर्ड अध्यक्ष केसीले ‘लाइगर’ बिहिबार नै रिलिज हुने भएपछि नेपाली सिनेमा ‘प्रकाश र द सिक्रेट अफ राधा’लाई पनि बिहिबार नै रिलिज गर्न चाहेको खण्डमा आफुले सहयोग गर्न तयार रहेको सन्देश निर्मातालाई पठाएका थिए । तर नेपाली सिनेमाका निर्माताले आफ्नो सिनेमा शुक्रबार नै रिलिजको निर्णय गरेसँगै शोज बाँडफाड सम्मान जनक स्थान नपाएको गुनासो आएको थियो ।

त्यसमा बोर्ड अध्यक्ष केसीले सहयोग नगरेको गुनासो सिनेमाकर्मीको थियो । मंगलबार राजधानीमा आयोजित ‘सायरा’को निर्माण घोषणा कार्यक्रममा बोल्दै आफ्नो प्राथमिकतामा सँधै नेपाली सिनेमा पर्ने बताएका छन् । केहि समय यता शोमा मलाइ जोडिएर बद्नाम गर्न खोजिएको छ । नेपाली सिनेमा रिलिजको समयमा हलले दिने शोमा आफ्नो र बोर्डको कुनै किसिमको संलग्नता हुँदैन

यद्दपि म नीतिगत रुपमै नेपाली सिनेमाले प्राथमिकता पाउनु पर्नेमा जोड दिन्छु । नेपाली सिनेमा प्रदर्शनको समयमा प्राथमिकतामा राख्नु पर्छ । पहिलो शोपछि दर्शक नआएको खण्डमा शोज घटाउँदा भयो । तर हल सञ्चालकको पहिलो प्राथमिकता नेपाली सिनेमाले पाउनु पर्छ । म नेपाली सिनेमालाई हलमा प्राथमिकतामा राख्न नीतिगत तहबाटै तयारी गरिरहेको छु, उनेले भने ।