नेपाली सिनेमा प्रचारको हब ‘कमेडी क्लब विथ च्याम्पियन्स’

नेपाली सिनेमा प्रचारको हब ‘कमेडी क्लब विथ च्याम्पियन्स’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा प्रचारको लागि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ हब बन्दै गइरहेकको छ । दर्शकमाझ लोकप्रिय यो शोमा सिनेमा प्रचार गर्न निर्माता तथा निर्देशक लोभिने गरेका छन् । हरेक हप्ता प्रदर्शनको संघारमा हुने सिनेमाको टिम ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पुग्ने गरेका छन् ।

सोमबार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’को स्टूडियोमा नाम चलेका कलाकारको ठूलो जमघट देखियो । आगामी असोज महिनामा प्रदर्शन हुन लागेका दुईटा नेपाली सिनेमाका कलाकारहरु आफ्नो सिनेमाको प्रमोशनका लागि उक्त शोमा पुगेका थिए ।

सोमबार असोज १४ गतेबाट प्रदर्शन हुन लागेको सिनेमा ‘बाबरी’का कलाकार अदिती बुढाथोकी, धिरज मगर र धिरज नाडकर र असोजको २८ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘हिजो आजका कुरा’का कलाकार सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा छुट्टा-छुट्टै समयमा उक्त शो पुगेका थिए । अभिनेता धिरज मगरले यो शो सिनेमा प्रचारको राम्रो प्लेटफर्म भएको बताए ।

शोका संचालक विशाल भण्डारीले सिनेमा क्षेत्रले शोलाई निकै माया दिएकोमा खुसी व्यक्त गरे । ‘अहिले निर्माताले सिनेमा प्रचार-प्रसारका लागि एक महिना अगावैबाट समय लिन थाल्नु भएको छ । दर्शकले दिनुभएको माया र सिनेमा क्षेत्रले दिएको विश्वासले खुसी छौं, उनले भने ।