‘डिसेम्बर फल्स’को बाँकी छायांकन सुरु

‘डिसेम्बर फल्स’को बाँकी छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘डिसेम्वर फल्स’को बाँकी छायांकन हाल राजधानीमा धमाधम भइरहेको छ । पहिलो लकडाउन खुलेपछि छायांकन थालीएको सिनेमा निर्माण कार्य दोश्रो पटकको निषेधाज्ञाका कारण केही मात्रामा प्रभावीत भएको थियो ।

सिनेमाको छायांकन सम्पूर्ण रुपले समापन गर्ने सेड्युलका साथ निर्माण पक्ष कस्सिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको सिनेमाको निर्देशक प्रविण झा हुन भने महेश आर गुप्ताले खिचीरहेका छन् । निर्देशक प्रविण र छायाँकार महेश भारतीय सिनेमा उद्योगमा कार्यरत छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमाको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् ।

राजकुमार भट्ट निर्माता रहेको सिनेमामा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराईलगायतका कलाकारले पनि अभिनय गरेका छन् । बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको सिनेमाको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । युट्युव र अष्ट्रेलिया राइट एजुकेशन एण्ड माइग्रेसन कर्नरले किनिसकेको सिनेमाको हल बितरण भने श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले गर्ने छन् ।