कार्तिक ११ गतेबाट रिलिज हुने ‘लाखे’को जापान राइट्स बिक्रि

कार्तिक ११ गतेबाट रिलिज हुने ‘लाखे’को जापान राइट्स बिक्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सस्पेन्स थ्रीलर सिनेमा ‘लाखे’को जापान राइट बिक्रि गरिएको छ । जापान निवासी युवा ब्याबसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो सिनेमाको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् ।

पोस्टर सार्वजनीक भएसँगै चर्चामा रहेको ‘लाखे’को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’का लागि अफर आइरहेको मल्ले बताए । जापानपछि केही दिनमै अन्य देशमा सिनेमा बेच्ने तयारी गरिएको उनले सुनाए ।

सम्राट बस्नेत निर्देशीत सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

कार्तिक ११ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने सिनेमाको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) हुन् भने निर्मातामा सिजन अर्याल र डिपी भण्डारी छन् । सुसन प्रजापतिले खिचेको सिनेमाका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको सिनेमाको कथा निर्माता सिजन अर्यालकै हो भने पटकथा तथा संवाद आकाश बरालले लेखेका छन् । अर्जुन जिसीको सम्पादन रहेको सिनेमालाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।