गोपालकाजीको लगानीमा ‘इन्दिरा धिमे मैंचा’ निर्माण घोषणा

गोपालकाजीको लगानीमा ‘इन्दिरा धिमे मैंचा’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – निर्माता तथा वितरक गोपालकाजी कायस्थले नेपाल भाषाको सिनेमा ‘इन्दिरा धिमे मैंचा’ निर्माण घोषणा गरेका छन् । सोमवार भक्तपुरमा आया्जित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणासँगै शुभ मुहूर्त गरियो । नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमाथि सिनेमा निर्माण हुनेछ ।

बिके फिल्मस्को ब्यानर निर्माण हुने सिनेमामा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपालकाजी कायस्थ प्रस्तुतकर्ता रहेको सिनेमाको निर्माता सुरेन्द्र शाक्य हुन् । बडा दशैंको अवसर पारेर असोज १० गतेबाट सिनेमाको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । सिनेमाको सह-निर्मातामा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम छन् ।

सिनेमामा इन्दिरा लाछिमस्यु, गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठलगायतको मुख्य भूमिका रहनेछ । सिनेमामा निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत, जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन, जुजुकाजी रंजित र बानिका प्रधानको गायन र सोहन मानन्धरको छायांकन रहनेछ ।