‘बाबरी’को विदेश माग बढ्दो, युरोप राइट्स पनि बिक्रि

‘बाबरी’को विदेश माग बढ्दो, युरोप राइट्स पनि बिक्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेकको सिनेमा ‘बाबरी’को विदेशमा दिन प्रतिदिन माग बढिरहेको छ । सिनेमाको हालसम्म हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स महंगो मुल्यमा बिक्रि भैसकेको छ । यसैबीच सिनेमाको युरोप राइट्स पनि बिक्रि भएको निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमाको युरोप राइट्स गुरुङ केएनएस इन्टरटेनमेन्ट र डिजिटल राइट्स किनेको कम्पनि केन्द्र मोशन पिक्चर्सले खरिद गरेका छन् । यी दुई कम्पनिले सिनेमाको राइट्स किनेकाले अब युरोपमा सिनेमा रिलिज गर्न चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सर्म्पक गर्न निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमाले सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि विदेशमा राम्रो माग भैरहेको निर्देशक सुरेन्द्र पौडेलले बताए । बुधबारदेखि निर्माण टिम दर्शक साक्षात्कार गर्न मोफसलका विभिन्न शहरमा पुगेको छ । जँहा सिनेमाको निर्माण टिमलाई दर्शकको राम्रो साथ मिलिरहेकको छ ।

सिनेमामा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।