कस्तो छ ‘प्रेमगीत ३’को अग्रीम टिकट बुकिङ ?

कस्तो छ ‘प्रेमगीत ३’को अग्रीम टिकट बुकिङ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । नेपालभरका अधिकांश मल्टिप्लेक्स हलले गत शुक्रबार नै अग्रीम टिकट बुकिङ खुल्ला गरेको भएपनि देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले भने बुधबारबाट मात्रै अग्री टिकट बुकिङ खुल्ला गरेको हो ।

क्युएफएक्सले अग्रीम टिकट बुकिङ खुल्ला गरेसँगै आक्रमक रुपमा टिकट विक्रि भैरहेको छन् । भने, ‘प्रेमगीत ३’को हिन्दी डव भर्सनको टिकट बिक्रि शुक्रबारबाट मात्रै गरिने जानकारी क्युएफएक्सले आफ्नो साइटमा एक सुचना राख्दै गराएको छ । सिनेमाको सवै मल्टिप्लेक्स हलमा अग्रीम टिकट बुकिङ उच्च रहेको वितरक गोविन्द शाहीले बताए ।

वितरक शाहीकका अनुसार नेपालमा १ सय ५० बढि स्क्रिनमा रिलिज हुनेछ । सिनेमाको हालसम्म ७० प्रतिशत भन्दा बढि अग्रीम टिकट बिक्रि भैसकेको छन् । यही रफ्तारमा गएको खण्डमा साँझसम्ममा सिनेमाका अधिकांश शोहरु आजै हाउसफुल हुने बितरक शाहीले बताए । शुक्रबार सिनेमाले बम्पर ओपनिङ गर्ने दाबी उनको छ । ‘प्रेमगीत ३’ विश्भरमा १२ सय बढि स्क्रिनमा रिलिज हुँदैछ ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । पिरियड प्रेमकथामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।

सिनेमाको नेपाली भर्सनमा कल्याण सिंहरएलिश कार्कीको संगीत, राजेश श्रेष्ठरपुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन छ ।

आशुषेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द र डम्बर विक्रम सेनको कार्यकारी निर्माण तथा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माण छ ।