वैवाहिक जीवनमा बाँधिए बुद्दि तामाङ

वैवाहिक जीवनमा बाँधिए बुद्दि तामाङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । मकवानपुरकी अनु थिङ तामाङसँग उनले लगनगाँठो कसेका हुन् । शुक्रवार कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह चलिरहेको छ ।

विवाहमा दुई पक्षका परिवारका साथै बुद्दिका नजिकका सिनेमाकर्मीको पनि उपस्थिति छ । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी विवाह गरेका हुन् । उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् ।

परिवारको माध्यमबाट बुद्दि र अनुको भेट भएको हो । अभिनयमा पारंगत मानिने बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् । हाँस्य कलाकार केदार घिमिरे, रंगकर्मी तथा निर्देशक अनुप बराल, अभिनेता विजय बराल, निर्माता-निर्देशक अशोक शर्मालगायत बुद्दिको विवाहमा जन्ती गएका छन् ।

बुद्दिले ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजसँगै ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत तीन दर्जन बढी सिनेमामा अभिनय गरिसकेका छन् । भने, केही सिनेमा पदर्शनको पखाईमा रहेका छन् ।