anmol jasita

बक्सअफिसमा ‘प्रेमगीत ३’को आक्रमक सुरुवात

बक्सअफिसमा ‘प्रेमगीत ३’को आक्रमक सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको सिनेमा ‘प्रेमगीत ३’ले आक्रमक व्यापार गरिरहेको छ । श्विभरका १२ सयबढि पर्दामा रिलिज भएको सिनेमाले आगामी दिनमा नेपाली सिनेमा पनि अर्न्तराष्ट्रिय बजारमा प्रदर्शनको बाटो खोलेको छ ।

दर्शक तथा समिक्षबाट मिश्रित प्रतिक्रिया पाएको सिनेमाले बक्सअफिसमा आक्रमक सुरुवात गरेको वितरक गोविन्द शाहीले बताए । शुक्रबारको विहानी शोबाटै आक्रमकक सुरुवात गरेको सिनेमाले शनिबार पनि आक्रमक व्यापार जारी राखेको छ ।

शुक्रवार नेपालमा २ करोड ५० हजार ग्रस कमाई गरेको सिनेमाले भारतमा भने ९२ लाख कलेक्सन गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तरणले लेखेका छन्, ‘कम मूल्यको टिकट र सीमित शोजहरुको बावजूद पनि पहिलो इन्डो-नेपाली सिनेमा प्रेमगीत ३ कमाई सुखद् हो । अब दोस्रो र तेस्रो दिन सिनेमाले राम्रो कमाई गर्न आवश्यक छ । किनकि, टिकट मूल्य पुरानै अवस्थामा फर्किएको छ ।’

शुक्रवार ‘नेशनल सिनेमा डे’ भएकाले भारतमा सिनेमाको टिकट मूल्य ७५ रुपैयाँ थियो । यति कम मूल्यको टिकटमा पनि सिनेमाले भारतमा ९२ लाख कमाउनु सुखद् सुरुवातको संकेत हो । निर्माण टिमका अनुसार सिनेमाले शुक्रबार मात्रै विश्वभरबाट करिब ५ करोड नजिक व्यापार गरेको छ । शनिबार पनि आक्रमक व्यापार गरेको सिनेमाको बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन् । वितरक गोविन्द शाहीले शनिबारको रिपोर्ट आइतबार साँझसम्म सार्वजनिक गरिने बताए ।

निर्माता सन्तोष सेन अहिले कलाकारकको टिमसहित भारतका विभिन्न शहरमा पुगेर दर्शक प्रतिक्रिया लिरहेका छन् । उनले शनिबार साँझ नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम तयार गरिएको बताए । निर्माता सेन दर्शक प्रतिक्रिया लिन शािबार मुम्बईमा उत्तर प्रदेशको राजधानी लखनउ पुगेका थिए । त्यँहाबाट नेपालगञ्ज हुँदै काठमाडौं फकिर्ने तयारी ‘प्रेमगीत ३’ टिमको छ ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । पिरियड प्रेमकथामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।

सिनेमाको नेपाली भर्सनमा कल्याण सिंहरएलिश कार्कीको संगीत, राजेश श्रेष्ठरपुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन छ ।

आशुषेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द र डम्बर विक्रम सेनको कार्यकारी निर्माण तथा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माण छ ।