पौष २९ मा पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ रिलिज घोषणा

पौष २९ मा पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर सिनेमा ‘तिम्रो मेरो साथ’को रिलिज मिति घोषणा गरिएको छ । पहिलो चरणको कोरोना महामारीपछि छायांकन गरिएको सिनेमा आगामी पौष २९ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

लभस्टोरी कथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । ‘तिम्रो मेरो साथ’बाट निर्देशनमा डेव्यु गरेका पौडेल स्वंयमको कथा, गीत र निर्माण रहनेछ । सिनेमामा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन । तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।