मेरो कल्चरमा शिकार वैधपनि अवैधपनि – दयाहाङ राई

मेरो कल्चरमा शिकार वैधपनि अवैधपनि – दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार सिनेमा ‘दुई नम्बरी’को ट्रेलर रिलिज भैसकेको छ ।

मंगलबार राजधानीमा आयोजित प्रेसमिटका बीच रिलिज गरिएको ट्रेलरले मित्रता, प्रेम र वन्यजन्तु शिकारको विषय समेटेको छ ।

कमेडी जनराको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनलगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता दयाहाङ राईले वन्यजन्तु शिकार सम्बन्धि नियम र आफ्नो संस्कृतिको बारेमा प्रष्ट पारे ।

‘कालिकास्थानमा भएको चिया गफमा निर्देशक दीपेन्द्र लामाको कन्सेप्ट निक्कै मन पर्यो मलाई । सौगात र मैले निर्वाह गरेको दुई चरित्र सहरमा असहज देखिएपनि गाउँको लागि रमाइलो चरित्र हो । पात्रसंग जोडिने शिकारका आयाम र नियम दुवै छन् । मेरो कल्चरमा शिकार वैध पनि मान्छन । संस्कृतिको रुपमा यसको आफ्नो सिद्धान्त, परिभाषा र दर्शन छ । नियममा यो अवैधपनि मानिन्छ । कुनलाई मार्ने कुनलाई बचाउने भन्ने नियम छ । प्रकृतिको जीवनचक्रिय सन्तुलनसंग जोडिएकाले कन्सेप्टले मलाई तान्न सफल भयो । आफुले पाएको चरित्रपनि मन पर्यो ।’ राईले भने ।

दयाहाङले सिनेमा रिलिजपछि आफुले निर्वाह गरेको चरित्रमा बहस सुरु हुन् सक्ने सम्भावना औल्याए ।

‘मलाई रोचक लागेको कुरा, यो चरित्रलाई कतिको न्याय गरेको छु भन्ने असोज २१ पछि नै थाहा होला । तर जुन कुरामाथि बहस हुनुपर्ने थियो चरित्रको माध्यमबाट । उक्त चरित्रले भोलिका दिनमा बहस निर्माण हुन्छ भन्ने लागेको छ । आशा छ सबैले सिनेमा हेरेर सहयोग गर्नु हुनेछ ।’

असोज २१ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमामा पुस्कर गुरुङ, श्रेयष पौडेल, कविता आले, शारदा गिरी, प्रकाश घिमिरे, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ ।

सुशन प्रजापतिले खिचेको सिनेमामा जयन जे वाइवा/भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमामा दीपक मनाङ्गे (राजीव गुरुङ), अमलादेवी राई, जयस श्रेष्ठको निर्माण र मिठु तामाङ्नीको सहनिर्माण छ ।

हेर्नुहोस् ट्रेलर:-