भारतबाट तृप्तिको भिडियो संदेश: छोरा धिरजको ‘बाबरी’ हेरिदिन आग्रह

भारतबाट तृप्तिको भिडियो संदेश: छोरा धिरजको ‘बाबरी’ हेरिदिन आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार अर्थात् असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘बाबरी’बाट नेपाली सिनेमा क्षेत्रले एक अभिनेता चिनाउदैछ ।

भारतमा जन्मिएका धिरज नाडकर अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । कुनै समय तृप्तिको अभिनय र सुन्दरताले नेपाली दर्शक माँझ गहिरो छाप छोडेको थियो । तृप्ति नेपाली सिनेमामा नदेखिएको दशक पुगेपनि दर्शकले उनलाई बिर्सेका छैनन् ।

उनको कमब्याक नेपाली दर्शकका लागि प्रतिक्षाको घडी बनेको छ । भलै तृप्तिलाई पर्दामा देख्न नपाएपनि यो दशैँमा उनका छोरा धिरज नाडकर डेब्यु सिनेमा ‘बाबरी’ लिएर हल छिर्दैछन ।

रिलिजको पुर्वसन्ध्या पारेर अभिनेत्री नाडकरले नेपाली दर्शक माँझ भिडियो संदेश प्रवाह गरेकी छन् ।

‘बाबरी’ सिनेमाको ‘मायाका रंगहरु’ गीत गाउँदै तृप्ति छोरासहित भिडियोमा देखिएकी छन् । उनको सुन्दरता, बोलि र लवजले दर्शकलाई पुराना दिन सम्झना गराउछ ।

‘सबै जनालाई प्रणाम । नेपाली सिनेमामा मैले गरेको काम सबैले स्विकार्नु भएको छ । त्यसको लागि आभार व्यक्त गर्न चाहन्छु । आज मेरो छोराले नेपाली सिनेमामा आफ्नो पाइला राख्दैछ । मलाई विश्वास छ, जति माया मलाई दिनुभएको छ । मेरो छोरालाई पनि उतिकै माया दिनु हुनेछ । बाबरी हेरिदिनुस । माया गरिदिनुस् ।’ तृप्तिले भिडियो संदेशमा भनेकी छन् ।

हाल भारतमा शिक्षण पेशामा आबद्ध रहेकी तृप्तिले आफ्नो करिअरमा कुशुमे रुमाल’, ‘चिनो’, ‘सम्झना’, ‘लाउरे’, ‘कोशेली’लगायतका यादगार सिनेमामा अभिनय गरेकी छन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘बाबरी’मा धिरजसंगै अदिति बुढाथोकी र धिरज मगरको मुख्य भूमिका छ ।

त्रिकोणात्मक प्रेमकथामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।