धिरज, अदिति र धिरज अभिनित ‘बाबरी’को अग्रिम बुकिङ खुल्यो

धिरज, अदिति र धिरज अभिनित ‘बाबरी’को अग्रिम बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘बाबरी’ अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।

धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर अभिनित सिनेमालाई मल्टिप्लेक्सले सन्तोषजनक शो दिएका छन् ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सिनेमालाई २६ शो उपलब्ध गराएको छ । यस्तै वान सिनेमाजले ७ शो, आइएनआइ सिनेमाजले ६ शो दिएका छन् ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमालाई बिग मुभिजले ४, एफक्युब/बिएसआर/रन्जना/विश्वज्योतिले समान ३/३ शो उपलब्ध गराएका छन् । यस्तै सिडिसी र केएसआर मुभिजले २/२ शो प्रदान गर्दा क्युज र किर्तिपुर सिनेप्लेक्सले १/१ शो निर्धारण गरेका छन् ।

रोमान्टिक प्रेमकथामा आधारित सिनेमाले दशैँको विदामा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । निर्माण पक्षले सिनेमाको ‘वर्ड अफ माउथ’ले व्यापारमा सघाउ पुर्याउने अपेक्षा लिएको छ ।

सिनेमाको ट्रेलरमा दर्शकले देखाएको माया, हिट गीत ‘बाबरी रंग’, ‘चुलबुल चुलबुल’ र धिरज-अदितिको दोस्रो सिनेमा भएका कारण ‘बाबरी’को चर्चा चुलिएको छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।

तस्विर: ज्ञानु राई