मुभी कोड बिना बुकिङ नखोल्न क्युएफएक्सलाई बोर्डको आग्रह

मुभी कोड बिना बुकिङ नखोल्न क्युएफएक्सलाई बोर्डको आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र बिकास बोर्डले क्युएफएक्स सिनेमाजलाई बोर्डबाट मुभी कोड र डिस्ट्रिब्युटर्स कोड प्राप्त भएपछी मात्र शोज र बुकिङ खोल्न अनुरोध गरेको छ ।

शुक्रबारबाट रिलिज हुने बलिउड सिनेमा ‘विक्रम विधा’को लागि मुभी कोड प्राप्त नगरेरै क्युएफएक्सले शोज र बुकिङ खोलेपछि अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै कार्यन्वयनमा आउन आग्रह गरेको हो ।

क्युएफएक्सले आफ्ना स्टेशनमा ‘विक्रम वेधा’को लागि शोज र बुकिङ खुल्ला गरेपनि टिकट भने बेचेको छैन । बोर्डले सिनेमाको सेन्सर बिना मुभी कोड वितरण गर्दैन ।

शुक्रबार नै रिलिज हुने नेपाली सिनेमा ‘बाबरी’ र भारतीय सिनेमा ‘पीएस-१’को भने सबै मल्टिप्लेक्सले बुकिङ खुल्ला गरेका छन् ।

जारी विज्ञप्ति: