शुक्रबारबाट रिलिज भयो धिरज, अदिति र धिरज अभिनित ‘बाबरी’

शुक्रबारबाट रिलिज भयो धिरज, अदिति र धिरज अभिनित ‘बाबरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बडा दशैंको अवसर पारेर शुक्रवारबाट सिनेमा ‘बाबरी’ प्रदर्शनमा आएकोे छ । दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको सिनेमालाई बक्सअफिसमा गीतसंगीत र ट्रेलरले चुल्याएको हाइपले इनिसियल व्यापारमा सहयोग पुग्ने अपेक्षा निर्माण टिमलाई छ ।

‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा सिनेमाले दशैंको एक हप्ता लामो विदाको फाइदा पनि उठाउन सक्नेछ । ‘बाबरी’ले चर्चाअनुरुप ठूलो संख्यामा मल्टीप्लेक्सहरुमा राम्रो शो पाएको । नेपालका अधिकांश सिगंल स्क्रिन हल बाबरीको पोल्टामा परेकका छन् ।

अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी ४ वर्षपछि पर्दामा फर्किएकाले उनीहरुको फ्यान फ्लोइंगले पनि सुरुवाती व्यापारमा भूमिका खेल्न सक्ने विश्लेषण गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको सिनेमाले बिहीवार साँझ काठमाडौंमा आयोजित प्रियिमर शोमा राम्रो प्रतिक्रिया पाएको थियो ।

‘बाबरी’बाट नेपाली सिनेमा क्षेत्रमा डेब्यू गरेका धिरज नाडकरको अभिनयको प्रियिमरमा उपस्थित अधिकांश पाहुनाले प्रशंसा गरेका थिए भने अर्का धिरजको अभिनयले पनि प्रशंसा बटुलेको छ । त्यस्तै, अदितीको अभिनय र सुन्दरताको तारिफमा सिनेमाकर्मीले समय खर्चिएका छन् । जसको प्रत्यक्ष फाईदा सिनेमाको व्यापारमा देखिने आश धेरैको छ ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।